झापामा सुत्केरी बोकेको एम्बुलेन्स अटो रिक्सामा ठोक्कियो, २ जनाको मृत्यु

काठमाडौ । सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको दमकमा आज (सोमबार) एम्बुलेन्स र अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुत्केरी बाकेर पश्चिमतर्फ आउँदै गरेको मे १ च १२४६ नम्बरको एम्बुलेन्स र पूर्व जाँदै गरेको अटो रिक्सा बिहान ९।४५ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक ४, ताराबारीमा ठोक्किएका हुन्।

दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा चढेका यात्रु झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो। फाइल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार