आफ्नो पाखुरीमा प्रधानमन्त्री ओलीको तस्बिर अंकित ट्याटु खोपाउने यी युवा को हुन् ?

प्रतिनिधि सभा विघटन भएपछि चर्को रुपमा देखापरेको विवादले यतिबेला युवाहरुलाई पनि तितरबितर बनाएको छ । पछिल्लो समय आ–आफ्नो पक्षका नेताहरुको समर्थनमा विरोध गर्ने, अभियानहरु चलाउने कामहरु देखिएकै भएपनि वर्तमान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित ट्याटु एक युवाको पाखुरीमा देखिएको छ ।

नेकपाका ओली पक्षका नेता–कार्यकर्ताहरुले अहिले सो तसि्बरलाई सामाजिक सञ्जालमा सेयर गर्दै भाइरल बनाइरहेका छन् । ओलीको तस्बिर अंकति ट्याटु खोपाउने धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका युवा विक्रमजंग राना हुन् ।

काठमाडौँको कालीमाटीको ट्याटु सेन्टरमा गएर प्रधानमन्त्रीको तस्बीरको ट्याटु खोपेको उनको भनाई छ । रानाले प्रधानमन्त्रीमाथि भैरहेको चौतर्फी आक्रमण र घेराबन्दी विरूद्ध डटेर लड्न प्रधानमन्त्रीलाइ साहस प्राप्त होस भन्ने हेतुले आफूले ट्याटु खोपेको बताए ।

उनले विकासको मुल फुटाउने काम गरेका ओलीलाइ नै काम गर्न नदिएर अन्य नेताहरूले गम्भीर गल्ती गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार