चलचित्र ‘अनुराग’मा काम गरेपनि मोडल तथा नायिका एलिजा गौतमको चर्चा भएको थिएन । उनी, दर्शकको नजरमा पनि परेकी थिइनन् । संचारकर्मी ऋषि धमलाकी धर्मपत्नीको रुपमा नै उनलाई धेरै दर्शकले चिन्थे ।
केही दिन अगाडी नायिका स्वेता खड्काको बिहे पार्टीमा सहभागी हुन पुगेकी एलिजाको सुन्दरताको चर्चा
तर, लकडाउपछि म्यूजिक भिडियोमा ब्यस्त हुदैँ गएपछि एलिजाको चर्चा बढ्न थालेको छ । उनी, चाडै नै निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छिन् ।
त्यस्तै केही दिन अगाडी नायिका स्वेता खड्काको बिहे पार्टीमा सहभागी हुन पुगेकी एलिजाको सुन्दरताको चर्चा चलिरहेको छ । जहाँ उनी निकै सुन्दर समेत देखिएकी छिन । भने सुन्दर तस्बिर सामाजिक संजालमा शेयर पनि गरिरहन्छिन् ।
नयाँ चलचित्रका लागि उत्साहित । नयाँ चलचित्रमा आफूले आफ्नो काम देखाउने र दर्शकको माया पाउने अपेक्षा
स्वेताको बिहेको खबर पहिलो पटक सुन्दा आफू निकै नै उत्साहित भएको भन्दै स्वेताको जीवनमा सधै हाँसो र खुशी देख्न पाइयोस् भनेर कामना पनि गरिन् ।
एलिजा आफू नयाँ चलचित्रका लागि उत्साहित भएको बताउँछिन् । नयाँ चलचित्रमा आफूले आफ्नो काम देखाउने र दर्शकको माया पाउने अपेक्षा उनको छ ।