प्रचण्ड-नेपाल र ओली समुहबीच झडप, ओली समुहका वडा अध्यक्षको टाउ’को फु’ट्यो

हुम्ला, ५ माघ । हुम्लाको अदानचुची गाउँपालिकामा नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबीच झ’डप हुँदा वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घा’इते भएका छन् । घा’इते थापालाई थप उपचारका लागि हेलिकप्टर जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।

आईतबार दिउँसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढु’ङ्गामु’ढा गर्दा वडाध्यक्ष थापा घा’इते भएको गाउँपालिका अध्यक्ष दल फडेराले बताउनु भयो ।

थापाको टाउको तथा मु’खमा चो’ट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइ उ’पचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौकीमा वडा अध्यक्ष थापाको उपचार नहुन भएपछि माउण्टेन एयरको हेलीकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको गाउँपालिका अध्यक्ष फडेराले बताउनुभयो।

वडा अध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सिमकोटमा उ’पचार भईरहेको छ । पूर्वमाओवादीबाट वडा अध्यक्षमा निर्वाचित थापा नेकपा २ समुहमा बिभाजित हुदा उनी अहिले ओली समूहमा लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार