त्यो कालजयी नेपाली फिल्मः जुन अहिलेसम्मकै ‘बेस्ट मल्टिस्टारर’ फिल्म मानिन्छ

नेपाली चलचित्रको विगतलाई हेर्ने हो भने मल्टिस्टारर फिल्म बनेका धेरै उदाहरण छन्, प्रतिस्पर्धि मानिने कलाकार देखि स्टारडम भएका र साधारण कलाकार भनेर चिनिएका दुई स्ट्यान्डर्डका कलाकारले समेत एकै फिल्ममा स्क्रिन सेयर गरेको कयौं उदाहरण छन् ।

राजेश निखिल, निखिल बिराज, बिराज, रमित लगायत स्टार कलाकारले एकै स्क्रिनसेयर गरको धेरै उदाहरण छन् । जतिबेला उनिहरु स्टारडम निकै माथि छ ।

तीन दाजुभाइको भावनात्मक सम्बन्ध रहेको फिल्मबाट एक्सन किङको रुपमा परिचित ‘मेगास्टार’ निखिल उप्रेतीले राष्ट्रिय अवार्ड समेत जिते

उनिहरुलाई एकै फिल्ममा खेलाउन पनि उतिबेला लामो रस्साकस्सि हुने गर्दथ्यो । कलाकारहरु बिच ’इगो’को लँडाई हुदापनि फिल्म उघोगप्रतिको सम्मान र मायाको कारण उनिहरु स्क्रिन सेयर गर्न तयार हुन्थे । भलै उनिहरुलाई एकैसाथ फिल्म खेलाउन निर्माताले मोटोरकम पनि खर्च गर्नुपर्थ्यो । तर लगानी सुरक्षीत मात्रै नभएर अधिक नाफा कमाउने लोभले निर्माता सहजै लगानीकोलागी तयार हुन्थे ।

फिल्म राजु राजा राम, अग्नि ज्वाला, जय शिव शंकर, जीबनदाता, चोर सिपाहि जस्ता धेरै फिल्म बेस्ट मल्टिस्टारर फिल्मका प्रमुख उदाहरणहरु हुन् । तर, नेपाली फिल्म इतिहासमा ‘हामी तीन भाइ’ लाई अल टाइम बेस्ट फिल्ममा गनिन्छ, ब्लकबस्टर निर्देशक स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म अहिलेसम्मकै सबैभन्दा राम्रो मल्टिस्टारर फिल्मको रुपमा चिनिन्छ । तीन दाजुभाइको भावनात्मक सम्बन्ध रहेको फिल्मबाट एक्सन किङको रुपमा परिचित ‘मेगास्टार’ निखिल उप्रेतीले राष्ट्रिय अवार्ड समेत जितेका थिए ।

हामी तीन भाईमा हिरो मात्रै नभएर हिरोइन पनि त्यसबेलाकै हिट र चर्चित कलाकारनै थिए । रेखा थापा, झरना थापा र नन्दिता केसीले फिल्मलाई थप उचाइ दिए

उक्त फिल्ममा निखिलको अलावा महानायक राजेश हमाल र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको अभिनय लाखौं दर्शकलाईको आँखामा ताजै छ । हामी तीन भाइ यति लोकप्रिय भयो कि सिनेमा घरमामात्रै नभएर डिजिटल माध्यम युट्युबमा पनि १ करोड ६८ लाख भन्दा धेरै भ्युज पाएको छ ।

जुन पुरानो फिल्ममा सबैभन्दा धेरै भ्युज अन्तर सहित अग्रपंक्तिमा रहेको छ । अझै रोचक कुरा त हामी तीन भाईमा हिरो मात्रै नभएर हिरोइन पनि त्यसबेलाकै हिट र चर्चित कलाकारनै थिए । रेखा थापा, झरना थापा र नन्दिता केसीले फिल्मलाई थप उचाइ दिएका थिए ।

पछिल्लो पुस्ताका केही नयाँ कलाकार कथित स्टारडमको आत्मरतिमा रमाएर मल्टिस्टारर फिल्म गर्न अस्वीकार गरिरहदा ती नेपाली फिल्मका सुपरस्टारहरुले एकसाथ मिलेर उघोग चलाएको सम्झिने दर्शकको संख्या कति होला ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार