यी हुन चर्चित नेता शेरधन राईको हुनेवाला श्रीमति (7 तस्बिर र म्यूजिक भिडियो)

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई माघ ११ गते बिवाह बन्धनमा बाधिने भएकी छन् । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिबाह गर्न लागेको बताइएको छ । यो जोडी लामो समय देखी प्रेममा रहेको बताइएको छ । राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।

संखुवासभाकी जाङ्मु हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो । मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा समेत काम गरेकी छन् ।

राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो । उमेरमा राइ र ज्याङ्मुको निकै अन्तर रहेको छ । राई उमेरले ४९ वर्षका भए । २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार