प्रधानमन्त्रीले गरेको संसद विघटनमा राजाको भाषा ह्वास्स गन्हायो : पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो खोक्रो राष्ट्रवादलाई पुष्टि गरेको बताउनु भएकाे छ ।

विगतमा बिदेशी शक्तीको नाम लिएर राष्ट्रवादको नारा लगाएका ओलीले तीनै शक्तिसामु लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको अध्यक्ष प्रचण्डले बताउनु भयो ।

मंगलबार काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बेधन गर्दै प्रचण्डले विदेशीलाई र अन्य कसैलाई कुनै प्रश्न नभइ केपी ओलीलाई नै आफ्नो प्रश्न रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई कसैलाई केही भन्नु छैन, प्रश्न केपी ओली मै छ, तपाईको खोक्रो र सामन्ती राष्ट्रवाद बाहेक अन्य केही सावित भयो ?।’ यदी ओली राष्ट्रवादी भए पार्टीको विधि र विधान अनुसार चलेर निकास दिन के कसैले नछेक्ने अध्यक्ष प्रचण्डकाे भनाइ थियाे ।

आफूहरु पनि धेरैजना प्रधानमन्त्ती भइसकेको जनाउदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनै पर्ने कारण किन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘ माधव जीले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनु भएको थियो र ? झलनाथ जीले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनु पर्या थियो र ?।’

अध्यक्ष प्रचण्डले माधव झलनाथ प्रधानमन्त्री हुँदा पनि ओलीले छड् कि छोड् भनेर छोडेको तर पार्टी त फुटेको थिएननी ? भन्दै प्रश्न गर्नुभयो । त्यस्तै आफूलो प्रधानमन्त्री पद छोड्दा पनि पार्टी नफुटेको बताउनु भयो । अहिले ओलीले पार्टीका कारण संसद विघटन गरेको भनेर भन्नुजति कुतर्क केही नहुने जिकीर गर्नुभयो । साथै प्रधानमन्त्री ओलीले गरेको संसद विघटनमा राजाको भाषा ह्वास्स गन्हाएको अध्यक्ष प्रचण्डले बताउनु भयो ।

पार्टीको विवाद मिलाउने विधान पार्टी मै भएकाले त्यसलाई माने पार्टी नफुट्ने प्रचण्डको दावी छ । ओलीले देशको संविधानलाई कुल्चेर संसद विघटन गरेको भन्दै निरङ्कुस साशक बन्न खोजेको आरोप लगाउनु भयो ।

केपी ओली आफैको अहंकार र दम्भले प्रचण्ड-माधव समुहलाई दुई तिहाइ पक्षधर बनाएको बताउनु भयो । उहाँले पूर्व एकालेलाई बिस्वासमा लिन नसकेको भन्दै आफ्नो आफ्नो अनुहार एेनामा हेर्न आग्रह गर्नु भयो । ओली संविधानका बिरुद्ध गएर बाजी हारिसकेको र जनताले जितिसकेको बताउनु भयो ।

ओलीलाई इतिहासले कुपात्रको रुपमा सम्झीने अध्यक्ष प्रचण्डकाे भनाइ छ । संसद विघटन गरेको दिन देखि नै केपी ओलीको हातमा केही नभएको र चिजहरु अन्तै गएको बताउनु भयो । संविधानको रक्षाका लागि जनअदालतमा जानुपर्ने भन्दै अदालत र निर्वाचन आयोगले यसकाे फैसला गर्ने अध्यक्ष प्रचण्डको तर्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार