काठमाडौ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का १८ वर्षीय सञ्जीव भण्डारीको निधन थप रहस्यमी बन्दै गएको छ । राजनीतिक र सामाजिक रुपमा नजिएका एकजना अग्रजको घरमा बस्न गएका उनको अकस्मात निधन भएको हो । उनी पुष १२ गते घरवाट निस्किएका थिए । सोमवार घर फर्कने भनेर आमालाई भनेका उनी मंगलवार मृ’त फेला परेका हुन् ।
सोमवार काम परेर आउन पाइन आमा म भोली आउँछु भनेर आमालाई भनेका उनी मंगलवार पथरी शनिश्चरे नगरपालिका–१० कै युवराज बास्कोटाको घरमा मृ’त फेला परेका हुन् । सोमवार सांझ आमासंग राम्रो कुरा भएको सञ्जीव मंगलवार कसरी अकस्मात निधन भयो भन्ने कुरा रहस्यमय बनेको छ ।
सामाजिक कार्यमा बढी सक्रिय हुने सञ्जीवले युवराजलाई राजनीतिक र सामाजिक अगुवाका रुपमा गुरु मान्दै आएका थिए । त्यसैले पछिल्लो समय उनी युवराजकै घरमा धेरै बस्ने गरेको सञ्जीवको आमा राधिका भण्डारीले बताएकी छन् । ‘आज कार्यक्रममा गएर व्यस्त भए । अब भोलि ९मंगलबार० मात्रै घर आउँछु,’ सोमबार साँझ फोनमा कुरा हुँदा सञ्जीवले आमा राधिकासँग भनेका थिए ।
तर मंगलबार युवराजले नै छोरा विरामी भएकाले आउनु भन्दै आमालाई फोन गरेपछि उनी युवराजको घरमा पुगेकी थिइन् । तर छोरा विरामी होइन उनको शव देखेपछि आमाको होस उड्यो । उनी छाँगाबाट खसेजस्तै भइन् ।
सञ्जीवलाई भूइँमा सु’ता’इएको थियो । महिला र बालबालिकाको पक्षमा काम गर्ने सञ्जीव राजनीतिक विचारधारा पनि मिल्ने भएकाले युवराजसंग नजिकिएको आमाले बताउँछिन् । तर उनलाई घटना प्रति भने शंका लागेको छ । प्रहरीले घटनाको निश्पक्ष छानविन गरोस् भन्ने उनको चाहना छ । तर सञ्जीवका परिवारका सदस्य प्रहरीको अनुसन्धान प्रति सन्तुष्ट छैनन् ।।
तर, अहिले आमा राधिकालाई युवराजकै कारण छोरोको ज्यान गयो कि भन्ने लागेको छ । हरेक दिन छोरालाई ‘मर्निङ वाक’मा बोलाउन बिहानै ५–६ बजे नै स्कुटी लिएर आफ्नो घर अगाडि आउने युवराजले छोराको मृत्यु भइसक्दा समेत किन ढिला जानकारी दिए रु भन्ने प्रश्न आमाको मनमा छ ।