सुनसरीको दुहवी इनरुवा खण्डमा भएको सवारी दु र्घटनामा ३ जनाको मृ त्यु भएको छ । सो दु र्घटनामा अन्य ८ जना घा इते भएका छन् ।
सुनसरी प्रहरीका अनुसार बिराटनगर बाट राजबिराज तर्फ जाँदै गरेको माइक्रो र विपरित दिशामा रहेको मोटरसाइकल आपसमा ठो क्किदा दु र्घटना भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकललाई ठ क्कर दिएको थियो । ठ क्कर पश्चात माईक्रो सडक किनारमा पल्टेको छ ।
दु र्घटनामा मोटरसाइकल चालक सहित तीन जनाको ज्या न गएको छ । सुनसरी प्रहरीका अनुसार मृ त्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।
मृतक मध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरु सबैको उपचारको क्रममा ज्या न गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दु र्घटनामा परी ८ जना घा इते भएका छन् । उनीहरुको उपचार जारी छ ।