के साँच्चिकै भारतको आर्शिवादमा टिक्ने हो नेपाली राजनीति

काठमाडौ । सामाजिक सञ्जालमा अहिले भारतका रक्षामन्त्री राजनाथ सिंहसंग परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हात मिलाएको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

जसमा परराष्ट्रमन्त्री ज्ञवाली केही झुकेर उनलाई नमस्कार गरेका छन् भने सिंहले ज्ञवालीको हात माथि हात राखेको तस्बिरमा देखिन्छ । सो तस्बिर भारतीय मिडियाले सार्वजनिक गरेको बताइएको छ ।

तस्बिरका बारेमा सकारात्मक र नकारात्मक प्रतिकृया आइरहेकै बेलामा भारतका रक्षामन्त्री सिंहले नेपालले आफूहरुका बारेमा जे भने पनि नरिसाउने टिप्पणी गरेका छन् । उनले नेपाललाई भारतको भाई भन्दै आफुहरु प्रति नेपालले गरेको टिप्पणी प्रति कुनै प्रतिकृया नदिने बताएका छन् । भारतीय भाषामा दाजुभाईलाई नै भाई सम्बोधन गर्ने प्रचलन छ ।

शनिबार भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्ताका क्रममा उनले नेपाललाई भाई सम्बोधन गरेका हुन् । रक्षामन्त्री सिंहले नेपाल आफ्नो भाइ रहेको भन्दै भाइले जे भने पनि आफू नरिसाउने बताएका हुन्।

नेपाल पछिल्लो समय भारतसँग चिढिएर चिनतिर ढल्कीएको छ नी ? भनेर गरिएको प्रश्नमा उनले भनेका छन्,‘नेपालसँग हाम्रो प्रगाढा साँस्कृतिक सम्बन्ध छ। नेपाल हाम्रो छिमेकी मात्र होइन नेपाल हाम्रो भाइ हो।

भाइले हामीबारे जस्तो टिप्पणी गरे पनि हामी नेपालविरुद्ध कुनै आपत्तिजनक प्रतिक्रिया जनाउँदैनौं।’ भाई भाईमा कहिले काँही रिसराग हुनु स्वभाविक हो, उनको भनाई थियो । उक्त अन्तर्वार्तामा सिंहले भारत आत्मनिर्भर देश बनिसकेको बताउँदै आफ्नो सैन्य क्षमता पहिलेभन्दा निकै बढेको बताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार