सानै उमेरमा सक्रिय , सचिन परियारको मेरी बास्सैमा बेजोड अभिनय ( भिडियो सहित)

काठमाडौँ, नेपाल टेलीभिजन बाट प्रसारित हास्य सिरियल मेरी बास्सैको बालकलाकार सचिन परियारले अभिनय गरेको भिडियो आएको छ । एक पछि अर्को गर्दै सफलता चु`म्दै गरेका सचिन परियार र पत्रकार मोहन बस्नेतले मेरी बास्सैमा अभिनय गर्ने सुनौलो अवसर पाएका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाईरल बनेको एउटा बाल अनुहार सचिन परियार अब हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा पनि आउने भएका छन् । उक्त भिडियो हेर्न दर्शक निकै आतुर छन् । मेरी बास्सैमा सचिन परियारले छोरो र पत्रकार मोहन बस्नेतले बाबुको भुमिकामा दलित परिवारको समस्या उ`जागर गर्ने गरी अभिनय गरेका छन् ।

फेसबुक,टिकटक जस्ता सामाजिक सञ्जालमा अहिले उनी निकै रुचाईएका छन् । गुल्मीका पत्रकारहरु मोहन बस्नेत, जीवन पाण्डे लगायतले उनको कलालाई सम्मान गर्दै ईन्द्रेणीसम्म पुर्याएका थिए । ईन्द्रणीमा उनले दिएको प्रस्तुतीलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यस्तै केही समय अगाडी उनले गाएको ओठ खोलेर गीत युटुबमा सर्वाधिक हेरिएको छ ।
हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार