यमराज बन्दै टिपर: बाटामा हिडिरहेकी १८ वर्षीय अन्सुको लियो ज्यान!

झापाको मेचीनगर नगरपालिका वार्ड नं १३ मा टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। बुधबार बिहान करिब साँढे ५ बजेतिर चन्द्रगढी-चारआली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्री मेचीनगर १३ का १८ वर्षका राहुल बस्नेत र सोही वार्ड नं की १८ वर्षीया अन्सु शिवाकोटीलाई ठक्कर दिएको थियो।

बस्नेतको हात र खुट्टामा चो’ट लागेको र शिवाकोटीको टाँउकोमा चो’ट लागेर उपचारका लागि दुवैलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ठक्कर दिने टिपर तथा चालक भद्रपुर नगरपालिका ९ का सुमन ओझा इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

ट्रिपरको ठक्करबाट टाउँकोमा चो’ट लागेकी १८ वर्षीया अन्सु शिवाकोटीको उपचारका क्रममा बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात र खुट्टामा चो’ट लागेका १८ वर्षका राहुल बस्नेतको उपचार भइरहेको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार