आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ-  आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।बुधबार प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६ सय रुपैँयाले बढेर ९३ हजार १०० रुपैँयामा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैँयाले बढेर १२ सय ७० कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार