एजेन्सी । विवाह मण्डप एकाएक रणभूमी बन्यो भने के होला रु यस्तै घटना भारत पंजाबको तरन तारनमा भएको छ । जब दुलहा र दुलही विवाहको लागि पार्टी प्यालेस पुगे । उनीहरु राजमार्गको माही पैलेस माही रिसोर्टको बाहिर विवाह कार्यक्रमको बाँकी कार्यक्रमको लागि त्यहाँ पुगेका थिए ।
तर प्रहरीले उनीहरुलाई हलमा जानवाट रोके । आफ्नै विवाहमा जान नपाएपछि उनीहरु कारमा बसिरहे । भित्रवाट गो’ली’को आवाज आउन थाल्यो ।
विवाह पार्टी प्यालेसमा लु’टे रा प्रवेश गरेका थिए । प्रहरी उनीहरुलाई पक्राउ गर्न खोजिरहेको थियो । ५ जनाको संख्यामा प्रवेश गरेका उनीहरुले त्यहाँ भएकाहरुलाई क’ब्जा’मा लिएका थिए ।
जब प्रहरीले उनीहरुलाई पक्राउ गर्न भन्दै गएका थिए लु’टे’राहरु बच्नका लागि विवाह मण्डपमा पुगेका हुन् । उनीहरूको पछि लाग्दा, पुलिस पनि विवाह मण्डपमै पुगे ।
केही बेर त्यहाँको दृष्य निकै रोचक देखिन्थ्यो । दरबार भित्र पसे र 3 घण्टा सम्म डाँ’कु र प्रहरीबीच भि’ड’न्त भयो। अन्तत प्रहरीले एक जनालाई इ’न्का’उन्ट’र गरिदियो । त्यस अवधिमा प्रहरीले धेरै रा’उ’ण्ड फा’य’र गरेको थियो ।
अर्कोतर्फ, दुलही र दुलही सजिएर कारमा बाहिर बसिरहेका थिए । उनीहरु भित्र प्रवेश गर्ने पालो पर्खिरहेका थिए । समय कटाउन वेहुला कारवाट बाहिर निस्केर यताउती डुलिरहेका पनि देखिन्थे ।
दुलहीका हजुरबुबा मन्ना सिंहले भने कि उनका नातिनीको विवाह यस पार्टी प्यालेसमा हुनेवाला थियो । जसका लागि उनले लामो समयदेखि बुकिगं गरिसकेका थिए। तर जब ती पाहुनाहरूसँग यहाँ आइपुगे, उनले अर्को दृश्य देख्नु परेको थियो ।