छोरालाई छोडेर अर्कोसँग भाग्ने बुहारीलाई सम्झेर, धरधरी रुईन् सासू !(भिडियो)

(भिडियो यो समाचारको अन्त्यमा छ)हुस्सु र कुहिरोले बिहीबार पनि नेपालगञ्ज विमानस्थल बन्द, यात्रु अलपत्र

नेपालगञ्ज, माघ ८ गते । बाक्लो हुस्सु र कुहिरोका कारण बिहीबार पनि नेपालगञ्ज विमानस्थल बन्द रहेको छ । आवश्यक भिजिबिलिटी नपुग्दा बिहीबार पनि सो विमानस्थलबाट मध्यान्हसम्म कुनै पनि हवाई उडान नभएको विमानस्थल टावरले जनाएको छ ।

विमानस्थल सुचारु गर्नका लागि कम्तीमा पनि १६ सय मिटर भिजिबिलिटी हुनुपर्नेमा बिहीबार मध्यान्हसम्म पुग्दा नौसय मिटर मात्रै भिजिबिलिटी रहेकोले हालसम्मका उडानहरु रद्द गरिएको बाँके विमानस्थल कार्यालयका उपप्रबन्धक बालकुमार सिंहले बताउनुभयो ।

उहाँले हुस्सु र कुहिरोले गर्दा भिजिबिलिटी नपुगेकोले बिहान हुने सबै उडान रद्द गरिएको र बेलुका हुने उडान पनि अनिश्चित रहेको बताउनुभयो । बुधवार पनि भिजिबिलिटी नपुग्दा दिनभरी नेपालगञ्जबाट कुनै पनि उडान हुन सकेको थिएन । बुधवारका सबै उडान रद्द गरिएका थिए ।

बुधवार बिहीबार हालसम्म उडान नहुँदा टिकट लिएर प्रतीक्षामा रहेका सयौं यात्रु नेपालगञ्ज, काठमाडौ र पहाडी जिल्लाहमा जाने यात्रु अलपत्र परेका छन् । अति आवश्यक कामले आ आफ्नो गन्तव्यमा जाने तयारीमा रहेका सर्वसाधारणलाई उडान नहुँदा समस्या भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

सो कार्यालयका अनुसार बुधबार काठमाडौंका सातसहित पहाडी जिल्लाका गरेर ३० भन्दा बढी उडान रद्द गरिएको थियो । नेपालगञ्जको तापक्रममा भने बुधबार भन्दा बिहीबार केही सुधार भएको जल तथा मौसम विभागको राँझास्थित कार्यालयले जनाएको छ । बुधबार नेपालगञ्जको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेकोमा बिहीबार न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस रहेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार