आ’गलागीले भयो ठुलो क्ष’ति,५ जनाकाे ज्या’न गयाे

काठमाण्डौ – को रोना भा इरसवि रुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आ गलागीमा पाँच जनाको ज्या न गएको छ । पुनेका मेयर मुरलीधर मोहोलले घ टनामा पाँच जनाको ज्या न गएको पुष्टि गरेका छन् । 

‘सिरम इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्या न गएको हो । यही तलामा निर्माणको काम भइरहेको थियो । हामी आ गलागीको कारणबारे बुझिरहेका छौँ । अन्तिम तला ज लेर पूर्ण न ष्ट भएको छ । ज्या न गु माउने मजदुर हुन सक्छन् । अन्यलाई भने सुरक्षित निकालिएको छ’, मेयर मोहोलले भने ।
बिहीवार दिउँसो आ गलागी भएपछि १० वटा दमकल त्यहाँ पुगेका थिए ।

इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनकाे चाैथाे र पाँचाैँ तलमा आ गाे लागेकाे बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अक्सफाेर्ड-एस्ट्राजेनेकाकाे काेराेना खाेप काेभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेकाे छ । 

सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित काेभ्याक्स स्किमकाे हिस्सा हाे । यसकाे उद्देश्य मध्यम आय भएका देशहरूमा खाेप उपलब्ध गराउनु हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार