आफ्नै श्रीमानलाई फोन गर्दा तपाईँले खोजेको मान्छे म हैन भनेर फोन काटिदिन्छन्, सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा यस्तो भयो (भिडियोसहित)

बाग्लुङ्ग । बाग्लङ्गकी लीला परियार । जो यतिबेला एउटी आफ्नै श्रीमानबाट पिडित भएर न्यायकोलागी न्यायलयको ढोका कसरी घचघच्याउने भन्दै भौतारि रहेकी छन् । आफ्नै गाउँमा डाक्टरको रुपमा गएका लीलाका श्रीमान बलिरामले लीलालाई आफुले मन पराउने कुरा बताए ।

उमेर परिपक्क नभएपनि लीलाले बलीराम सामू जातको कुराले उनीसंग बिहे गर्न नसक्ने बताईन् । तर डाक्टर भनेर गाउँमा चिनिएका अहेव बलिरामले जातको लीलाले गरेको जातको कुरालाई स्वीकार गरेनन् ।

जस्लाई जीवन सुम्पिईन् उसैले नै जीवनलाई घर नघाटको बनाईदिएपछि आखिरमा लिलाले पनि के नै गर्न सक्छिन् र ? तरपनि उनले जे जति गर्न सकेकी छन् त्यही गरिरहेकी छन् । आज उनको छोरा पनि ठूलो भएका छन् । छोराले प्लस टू पढ्ने भएका छन् ।

तर बाबुको अत्तोपत्तो छैन । लिलाका छोराले बाबुको नामको नागरिकता पाउन सकेका छैनन् । बलिरामलाई लिलाले फोन गर्दा बलिराम मरिसक्यो । तपाईँले खोजको मान्छे हैन भन्ने जवाफ पाउँछिन् ।

भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार