बबिता बानियाँ र शंकरको घर परिवारका कारण झन्डै छुटिनु परेको पिडा पोख्दै (भिडियो)

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र श्रीमान् शंकर तिवारीले नयाँ गित सार्वजनिक गरेका छन् । बबिताले लेखेको गितको भिडीयोमा शंकर र अन्जली अधिकारीले अभिनय गरेका छन् ।

‘मन परेको मान्छे’ गितको प्रचार प्रसारको क्रममा बबिता बानियाँले यो गितको भाव आफ्नो जीवनसंग मिल्दो जुल्दो भएको जनाएकी छिन् ।

बबिताले कुराकानी गर्दै भनिन्, “म र शंकर जीको झन्डै बिछोड हुन लागेको थियो र त्यो बेलामा मेरो मनमा आएको भावनालाई मैले व्यक्त गर्दै यो गित लेखेको थिएँ । हामी दुवैको परिवार सहमत नहुँदा हामी छुटिने अवस्थामा थियौं र यो गित त्यही बेला लेखेको थिएँ ।”

बबिता र शंकर अहिले एक छोरीको माता पिता समेत भएका छन् र अहिले उक्त गितलाई बबिताले राजु परियार र अनुजा पुडासैनीको स्वरमा रिलिज गरेकी छिन् । आफूले अहिले स्वर दिएर न्याय गर्न नसक्ने भन्दै बबिताले आफ्नो स्वर नभरेको उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार