बाटोमै जन्म, बाटोमै म’रण

बाजुरा : बूढीनन्दा नगरपालिका–७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माइन्। उनले यी सबै बच्चा हिउँदमा चिसो छल्न बेंसी र वर्षात्मा भोट (चीन)तिर जाने क्रममा बाटोमै जन्माएकी हुन्। तर, सात जनाको बाटोमै मृ,त्यु भएको उनले सुनाइन्।

बूढीनन्दाकै वडा नम्बर ८ की ३८ वर्षीया डोमा गुरुङले बाटोमै ११ बच्चा जन्माइन् । तर, उनीसँग तीन बच्चा मात्र साथमा छन्। ८ जनाको बाटोमै मृ,त्यु भएको उनले सुनाइन्। बसाइ सर्दा चिसो हुने र बच्चा पाउँदा विभिन्न सम,स्या हुने भएकाले बचाउन नसकेको उनको भनाइ छ ।

बिस्नाकै गाउँले तनी थापाले ७ सन्तानलाई बाटोमै जन्म दिइन्। तीमध्ये पाँच जनाको मृ,त्यु भयो। बाटोमा चिसो र स्याहार नपुग्दा घर फर्किंदासम्म मृ,त्यु भएको उनले बताइन्। उनले सु,त्केरीका बेला न सन्तुलित खाना पाइन् न त आराम गर्न नै ! एकातिर आफ्नो स्वास्थ्य क,मजोर भएको र अर्कातिर ब,च्चालाई जो,गाउन नपाएको उनले दु,खेसो पोखिन्।

हिमाली गाउँपालिका–३ बौडीकी जौमा थापा सपरिवार कात्तिक अन्तिम साता चिसो छल्न अछामतिर बसाइ सरिन्। उनकी पाँच महिनाकी छोरी बाटोमा बिरा,मी परिन्। त्यसको एक–दुई दिनमै छोरीको बाटोमै मृ,त्यु भयो। त्यसअघि दुई बच्चा जन्माएकी उनले पहिलो सन्तान वर्षात्मा चीनतिर जाँदा गु,माउनुपरेको उनले बताइन्।

बाजुराका भोटे जनजाति तथा भेंडापालक किसान परिवार चिसो छल्न र भेंडा चरिचरनका लागि लेक–बेंसी गर्छन्। लेक–बेंसी गर्दा धेरै शिशुको बाटोमै मृ,त्यु हुने गरेको नेपाल भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष बुद्धिसिंह भोटेले बताए।

महासंघका केन्द्रीय पार्षद नृप थापा (भोटे)का अनुसार भेंडा, च्यांग्रा र सपरिवार हिउँदका ६ महिना बेंसी झर्ने भएकाले अ,धिकांश महिलाले बाटोमै ब,च्चा ज,न्माउने गरेका हुन्। तीमध्ये धेरै ब,च्चाको बाटोमै मृ,त्यु हुने गरेको थापाको भनाइ छ।(आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार