इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भुतुक्कै(भिडियो)

जुम्लाको हिमा गाउँपालिका- ६ पाथरखोला जन्मिएका छत्रबहादुर शाही अहिलेका कर्णालीमा निकै चलेका कलाकार हुन्।

१० वर्षे सशस्त्र यु’द्धमा पनि सामेल भएका शाहीले माओवादी सशस्त्र यु’द्धमा लागेर नै गीत गाउन सिकेका हुन्।

मिति २०४८ पुस १४ गते जन्मिएका छत्रले  १० वर्षको हुँदा नै बुबा गुमाएका थिए। घरको सबैभन्दा जेठो भएका कारणले बुबा बितेपछि दुई भाइ र दुई बैनीको लालनपानको जिम्मा उनैको हातमा आएको थियो। माओवादीले सञ्चालन गरेको सशस्त्र यु’द्धमा सामेल भएका शाही २०६३ शान्तिकालपछि घर फर्किएका थिए। 

भाइबहिनीको पालनपालनका लागि गलैँचाको व्यापारदेखि दोहोरी साँझमा गीत गाउने गरेका छत्र अहिले भने कर्णालीमा हुने मेला महोत्सवमा गाउने गर्दछन्। 

उनले गाएका धान खान सेरी गै, मेरा धुपी रुख, झल्का पनि लाइजा, तल पर्‍यो सुर्खेत, माथि गुराँसे, लोक दोहोरी गीत मृत्युको मुखमा पर्न सक्छु म, छिनोफानो गरी माया लाउँ लगायतका १४ वटा गीतमा आफैँले स्वर दिएका छन्। ३५ वटा गीतमा शब्द र स‌ंगीत भरेका छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार