खोटाङमा भिरबाट ल’डेर वडा सदस्यको मृ’त्यु

खोटाङ । भिरबाट ल डेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृ त्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट ल डेका वडासदस्य फुयाँलको घ टनास्थलमै मृ त्यु भएको हो ।

करीब ३०० मिटर तल ख सेका वडासदस्य फुयाँलको घ टनास्थलमै मृ त्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताउनुभयो । धामीझाँक्रीको कामसमेत गर्दै आएका सदस्य फुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भिरबाट ल डेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

फुयाँल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी हुनुभएको थियो । मृ तकको श व परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार