युवती लिएर होटल पुगेका युवकको मृत्यु

धुम्बाराही स्थित भिभोर होटेलमा एक २७ बर्षीय युवकको रहस्यमय मृत्यु भएको छ । एक युवातीसंग आज सोमबार बिहान काठमाडौँको धुम्बाराहीस्थित भिभोर होटेलमा गएका थिए ।

होटेलको कोठामा पसेको धेरै बेर सम्म पनि सम्पर्कमा नआएपछि होटेलका कर्मचारी कोठामा पुगेर ढोका खोल्न भन्दा युवतीले युवकको मृत्यु भएको भनेकी थिइन ।

त्यसपछि होटेलले तत्काल प्रहरीलाई खबर गरेको थियो । युवकको मृत्युको खबर सुने लगत्तै ठुलो संख्यामा उनका आफन्तहरु भिभोर होटेल पुगेका थिए ।

युवतीले नै युवकको ह त्या गरेको आफन्तहरुको आरोप छ । मृतक युवकको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले संगै गएकी युवतीलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार