पञ्चहरूले सभामा पैसा दिएर मान्छे बाेलाउथे, ओलीले गर्ने सभा पनि त्यस्तै हाे : प्रचण्ड

काठमाडौं, माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे समूहले गर्ने सभा पञ्चहरूकाे सभाजस्तै रहेकाे बताउनुभएकाे छ ।

सोमबार प्रदेश – २ का नेता-कार्यकर्ताहरूकाे एक भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुको यही माघ ९ गते काठमाडाैँमा गरेकाे विराेधसभाकाे काउन्टरमा ओली समूहले अर्काे सभा गर्ने जानकारी पाएकाे भन्दै उक्त सभा पञ्चेहरूकाे जस्तै हुने दाबी गर्नुभयाे । उहाँले केपी समूहले जत्रोसुकै सभा गरे पनि त्याे ‘पञ्चर्‍याली’ भन्दा फरक नहुने बताउनुभयाे ।  पञ्चहरुले पनि आफ्नो शासन ढल्न लागेकाे अवस्थामा कर्मचारी, पुलिस सबैलाई जबरजस्ती बाेलाए पैसा दिएर भेला गर्थे  भन्दै  उहाँले ओली समूहले गर्ने सभा पनि साेही खालकाे रहेकाे बताउनुभयाे ।

साथै अध्यक्ष प्रचण्डले ९ गतेकाे कार्यक्रकममा अाफूहरूबाट केही कमजाेरी भएकाे पनि स्वीकार्नुभयाे । उक्त सभाकाे मञ्चमा मधेशलाइ झल्काउने केही नभएकाे भन्दै उहाँले अबकाे सभामा त्यसाे नहुने विश्वास दिलाउनुभयाे ।  तेस्राे चरणकाे अान्दाेलन घाेषणा भएकाे जानकारी दिँदै उहाँले यही माघ २८ गते हुने विराेध सभा अझै बृहत् बन्ने दाबी गर्नुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार