कतारी प्रहरीमा भर्ती हुन भारतीय बाटो, रोजगार विभाग भन्छ, ‘कतारले नेपाललाई हेप्यो’

काठमाडौं । नेपाल सरकारको अनुमतिबिनै एजेन्टले कतारी प्रहरी सेवाका लागि अवैध रुपमा नेपाली युवा लैजान थालेका छन् । म्यानपावर कम्पनीसँग मिलेमत्तोमा कतारी प्रतिनिधिले अन्तर्वार्ता लिई छनोट गरेका युवाले सरकारबाट श्रमस्वीकृति नपाएपछि उनीहरुलाई भारतीय बाटो हुँदै कतार लैजान थालिएको हो ।

कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रुपमै १ सय ७९ जना युवालाई लगेको थियो । तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको थियो ।

वैदेशिक रोजगार विभागकमा महानिर्देशक कुमार दाहालले कतार सरकारले नेपाललाई हेपेको बताए । युवालाई भारतीय बाटो हुँदैं कतार धमाधम पठाइरहेको सूचना प्राप्त भइरहेको छ । यो सरारसर गलत काम भयो । कतारले नेपाललाई हेप्यो, उनले भने, ‘कतारबाटै श्रम सम्झौता उल्लघंन भयो । यसले हामीलाई निकै दुखित बनाएको छ ।’

विभागले अवैध रुपमा कतारी प्रहरी सेवामा जानेहरुको रेकर्ड राख्न थालेको जनाएको छ । भारतीय बाटो हुँदै कतार पठाउने कार्यमा अवैध अन्तर्वार्ता लिने म्यापावर कम्पनी वा अरु नै एजेन्ट संलग्न रहेको बारे यकिन भइनसकेको दाहालले बताए । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार