कतारबाट नेपाल आएका श्रीमानले हिसाब खोजेपछि श्रीमतीले नारायणीमा हा’म फा’लिन्, भेटियो उनले लगाएको ज्याकेट र चप्पल (भिडियोसहित)

चितवनमा फेरी एक पटक अर्को घटना घटेको छ । जुन घटना यतिबेला हाम्रो समाजमा प्राय घटि रहेकै पाउँछौं । यो वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान विदेश गएको र श्रीमानले कमाएको पैसालाई नेपालमा बसेकी श्रीमतीले हिनामिना गरेको सम्बन्धमा पछिल्लो समयमा धेरै घटनाहरु घटिरहेका छन् ।

यो तीनै घटना मध्यको एक हो । बाक्ष्लुंग घर भएका कुल प्रसाद उपाध्याय पौडेलकी श्रीमती सरस्वती श्रेष्ठले श्रीमानको माटो रकम हिनामिना गरिदिएपछि श्रीमानले आफ्ना कुरा मिडियामा राखेका छन् ।

आफ्नै श्रीमतीले आफ्नै कमाई खाँदा पनि कसरी हिनामिना भयो भनेर आरोप लगाउन सकेको होला भन्ने प्रश्न त छंदै छ । साथै उनको श्रीमतीको लुगा र चप्पल जब नारायणी नदीमा भेटियो तब भने घटनाले अर्को मोड लियो ।

श्रीमान कुल प्रसादको भनाई अनुसार उनले विदेशमा कमाएको ५ लाख रकमलाई श्रीमतीले हिनामिना पारेकी छन् । के श्रीमानको कमाई देखाउनु पर्छ भनेर होला त ? उनको श्रीमतीले नारायणी नदीको तिरमा आफ्नो लुगा र चप्पल फ्याँकेर श्रीमानलाई भ्रममा पार्न खोजेको ?

आफ्नै श्रीमतीसंग कुल प्रसादले किन हिसाब खोजे त भन्ने प्रश्न पनि उब्जन्छ । उनले श्रीमती सरस्वतीलाई गैडाकोटमा डेरा गरी राखेका थिए । उनीहरुको दुई सन्तान पनि छन् । श्रीमानको भनाई अनुसार मैले कमाएको पैसा काहाँ प्रयोग भएको रहेछ भनेर आफुले जान्न मात्र खोजेको बताउँछन् ।

तर मैले हिसाब खोजें भन्दैमा घर नै छाड्नु पर्ने त केही थिएन होला नी ? भन्दै कुल प्रसाद प्रश्न गर्छन् । यतिबेला सरस्वतीको लुगा र चप्पल नारायणी नदीमा भेटिएपछि प्रहरी र आफन्तहरुले सरस्वतीले नारायणीमा हा’म फालेको आशंका गरेका छन् ।

भिडियोसहित//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार