जहाँ गयो त्यही बिवाह गर्दै हिड्ने डाक्टर बाबुका कारण यि महिलाको बिचल्ली, छोरा र मेरो बिचल्ली भयो भन्दै भक्कानिइन् (भिडियो)

चितवन । ‘मेरो आमाले एउटा कुर्ता सिलाए बापत केवल २ सय ५० रुपैंया लिनु हुन्छ । मेरो महिनाकै कलेज फि १० हजार हुन्छ । मेरो आमाले मेरो फिकैलागी पनि कति जोड कुर्ता सिलाउनु पर्छ होला त ? त्यस्को म हिसाब गर्गै सक्दैन ।

बाबाले छाडेपछि आमाले मलाई र मेरा पढाई खर्चलाई यही सिलाई कटाईबाट धानि रहुन भएको छ । मैले मेरी आमाको दुःखलाई नजिकैबाट बुझेको छु । बुझेर पनि मैले उहाँलाई कुनै प्रकारको सहयोग गर्न सकिरहेको छैन ।’ यो भनाई हो सनी सिंहको ।

सनी उनै छोरा हुन् जस्लाई जन्मिएकै केही महिनामा आफ्नै बाबुले आमाको काखमा छोडेर गएका थिए । उनका बाबु बाग्लुंगको स्वास्थ्य चौकीमा आजभन्दा १८ वर्ष पहिले अहेवको रुपमा गएका थिए ।

त्यतिबेला त्याहाँ उनले सनीकी आमालाई मन पराएर बिहे गरेका थिए । बिहे गरेको १ वर्षसम्म सनीका बाबु र आमाको सम्बन्ध निकै नै सुमधुर रह्यो । त्यही १ वर्षको अवधीमा सनी पनि जन्मिए । सनी जन्मिएकै केही महिनामा उनका बाबुले सरुवा भएर बाग्लुंग छाडेका थिए ।

त्यो समयदेखि सनीका बाबुले न सनीलाई सम्झिए न नत उनकी आमालाई नै । बाबुले छाडेर गएको १८ वर्ष पुरा भएको छ । यो १८ वर्षको अवधी भरी नै उनले र उनकी आमाले उनका बाबुको बाटो हेरी रहेका छन् ।

तर बाबुको भने अहिलेसम्म कुनै अत्तोपत्तो छैन । जन्मिएकै केही महिनामा नै छाडेर गएको हुनाले आजसम्म सनीको नागरिकता पनि बनेको छैन । अहिले सनीले प्लस टू पढ्दैछन् । उनले आफ्ना बाबुलाई एक पटक आफुहरुलाई भेट्नकोलागी अनुरोध गरेका छन् । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार