सुजुकीले ल्याउने भयो २५० सीसीको डर्ट बाइक

काठमाडौं । सुजुकी मोटरसाइकल इन्डियाले नयाँ डर्ट मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले सन् २०२१ को मध्यसम्ममा आरएम–जेड २५० डर्ट मोटरसाइकल बजारमा ल्याउने भएको हो ।

भारतमा आक्रमक रणनीति निर्माण गरेर बजारीकरणमा लागेको सुजुकीको नयाँ मोटरसाइकल निकै महंगो मूल्यसहित बजारमा आउने अनुमान गरिएको छ । विभिन्न रिर्पोटहरुको अनुमान सहि सावित हुने हो भने यसको मूल्य ७ लाख भारतीय रुपैयाँ हुने छ । यहि मोटरसाइकल नेपाल आउने हो भने यसको मूल्य १८ लाखभन्दा माथि पर्ने देखिन्छ ।

२४९ सीसी क्षमताको फोर स्टोक, सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन रहेको यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स दिइएको छ । उक्त इन्जिनले अधिकतम ३६.४ बीएच पावर प्रदान गर्नेछ ।

पूर्णत अफरोड क्षमतालाई ध्यानमा राखेर तयार भएको यो डर्ट मोटरसाइकलमा अगाडि २१ इन्च र पछाडि १९ इन्चको टायर दिइएको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण भइरहेको यो मोटरसाइकल अब भने भारतमा आउने भएको हो ।

अफरोडमा पनि आरामदायी यात्राको लागि यसमा अगाडि इन्भर्टेड टेलिस्कोपिक, एयर स्प्रीङ र पछाडि लिङ्क टाइप, कुलिङ स्प्रीङ सस्पेन्सन दिइएको छ । यसमा ६.५ लिटर क्षमताको इन्धन ट्याङ्क रहने छ ।(मेरो अटो बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार