बिरालोमा पहिलोपटक कोराेना स’ङ्क्रमण पुष्टि

सउल – दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस स,ङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस स,ङ्क्रमण देखिएको हो ।

दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घट,ना हो । पछिल्लो समय उक्त बस्तीमा कोरोना महा,मा,री फैलिएको थियो ।

उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत स,ङ्क्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पु,ष्टि भएको छ ।

यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भा,इरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ । कोरिया सरकारले कोभिड–१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भएको छैन ।

सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि सङ्,क्रमण फै,लिन भने रोकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार