‘हात खुट्टा तनक्क पारेर निदाउन मन छ’

हातखुट्टा तनक्क पारेर सुत्न ठाउँ छैन । यता फर्किँदा अगेनो, उता फर्किंदा बाख्रा । अलिकति ठाउँमा त घरभित्रको सामान भइहाल्यो । हिरालाई हात खुट्टा तनक्क पारेर सुत्न मन छ । बाख्रालाई गोठमा राखेर आमाछोरा अर्को कोठामा बस्न मन छ तर घर छैन । सानो ढुङ्गाको घर, सिलेटले छाएको छाना । बाहिरबाट हेर्दा चिटिक्क तर पुरानो, पानी पर्दा चुहिन्छ । 

एकापट्टि तल्लो र माथिल्लो तलाको कोठामा ताला झुण्ड्याइएको छ । अर्को पट्टिका दुई वटा कोठा खुला छन् । तल्लाे तलाको कोठामा गाई, गोरु बाँधिएका छन् । माथिल्लाे कोठाको एक कुनामा बाख्रासँगै बस्छन्, हिराका आमाछोरा ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम की हिराका आमाछोरा बाख्रासँगै एकै कोठामा बस्न थालेको १४ वर्ष भयो । घरको एकापट्टि ताला लगाएको कोठा सासुससुराको थियो । अर्को छोराले गाउँमै घर बनाएपछि सासुससुरा कोठामा ताला लगाएर उतै गए । हिरालाई पुरानो घरमा बस्न दिइएन ।

बस्न घर नभएपछि हिराका श्रीमान् भारत लागे तर दुःखको कुरा उनी फर्केर आएनन् । श्रीमान् उतै अर्को बिहे गरि बसे । छोरा जन्मेको तीन महिनामा घर छोडेका हिराका श्रीमान् नफर्केको १४ वर्षभन्दा धेरै भयो ।
अहिले हिरालाई न बस्न घर छ, न श्रीमान् र परिवारको साथ । त्यही एक कोठामा आमाछोरा गुजारा चलाउँदै आएका छन् । 

हिरा उमेरले २८ वर्ष लाग्नुभयो तर झट्ट हेर्दा ३५ कटिसकेको जस्तै देखिनुहुन्छ । खुम्चिएको निधार, चाउरिएका गाला टपक्क देखिन्छन् । भन्छन् नि, रोगले भन्दा शोकले मान्छेलाई कमजोर बनाउँछ । हो यस्तै भएको छ, हिरालाई । न बस्न घर, न खाने अन्न ।

श्रीमान् अर्को बिहे गरेर बसेपछि…

झण्डै १५ वर्ष पहिले हिराका श्रीमान् भारत गए । पैसा कमाएर घर बनाउने सपना थियो । हिरा तीन महिनाकी सुत्केरी हुनुहुन्थ्यो । ‘श्रीमान् भारत जाँदा पैसो आउला, केही त सहज होला भन्दै श्रीमानलाई भारत जानु भनेँ । के पैसो कमाउनु ? श्रीमान् त उतै अर्को बिहे गरि बसेछन् । यो कुरा ६ महिनापछि मात्रै थाहा भयो’, हिराले भन्नुभयो ।

एकापट्टि तल्लो र माथिल्लो तलाको कोठामा ताला झुण्ड्याइएको छ । अर्को पट्टिका दुई वटा कोठा खुला छन् । तल्लाे तलाको कोठामा गाई, गोरु बाँधिएका छन् । माथिल्लाे कोठाको एक कुनामा बाख्रासँगै बस्छन्, हिराका आमाछोरा ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम की हिराका आमाछोरा बाख्रासँगै एकै कोठामा बस्न थालेको १४ वर्ष भयो । घरको एकापट्टि ताला लगाएको कोठा सासुससुराको थियो । अर्को छोराले गाउँमै घर बनाएपछि सासुससुरा कोठामा ताला लगाएर उतै गए । हिरालाई पुरानो घरमा बस्न दिइएन ।

बस्न घर नभएपछि हिराका श्रीमान् भारत लागे तर दुःखको कुरा उनी फर्केर आएनन् । श्रीमान् उतै अर्को बिहे गरि बसे । छोरा जन्मेको तीन महिनामा घर छोडेका हिराका श्रीमान् नफर्केको १४ वर्षभन्दा धेरै भयो ।
अहिले हिरालाई न बस्न घर छ, न श्रीमान् र परिवारको साथ । त्यही एक कोठामा आमाछोरा गुजारा चलाउँदै आएका छन् । 

हिरा उमेरले २८ वर्ष लाग्नुभयो तर झट्ट हेर्दा ३५ कटिसकेको जस्तै देखिनुहुन्छ । खुम्चिएको निधार, चाउरिएका गाला टपक्क देखिन्छन् । भन्छन् नि, रोगले भन्दा शोकले मान्छेलाई कमजोर बनाउँछ । हो यस्तै भएको छ, हिरालाई । न बस्न घर, न खाने अन्न ।

श्रीमान् अर्को बिहे गरेर बसेपछि…

झण्डै १५ वर्ष पहिले हिराका श्रीमान् भारत गए । पैसा कमाएर घर बनाउने सपना थियो । हिरा तीन महिनाकी सुत्केरी हुनुहुन्थ्यो । ‘श्रीमान् भारत जाँदा पैसो आउला, केही त सहज होला भन्दै श्रीमानलाई भारत जानु भनेँ । के पैसो कमाउनु ? श्रीमान् त उतै अर्को बिहे गरि बसेछन् । यो कुरा ६ महिनापछि मात्रै थाहा भयो’, हिराले भन्नुभयो ।(इन्द्रसरा खड्का उज्यालो अनलाईन)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार