सुनको भाउ ह्वात्तै घट्यो

काठमाडौँ, १४ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ सात सय रुपैँयाले घटेको छ ।

मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार