अस्ट्रेलियामा पौडी खेल्न पानीमा हाम्फालेका नेपालीको डु’बेर मृ’त्यु

काठमाडौं। अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको मलेनीमा रहेको गार्डनर्स फल्समा पौडी खेल्नका लागि हाम्फालेका एक नेपालीको डु’बेर मृ’त्यु भएको छ ।

ती नेपाली पानीभन्दा केही माथि चट्टानबाट पानीमा हा’म्फालेका थिए । पानीमा हा’म्फालेपछि उनी ह’राएका थिए र १० मिनेटसम्म देखिएका थि’एनन् ।

प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै एबीसी न्यूजले लेखेअनुसार उनी १० मिनेटपछि एकपटक सतहमा देखिएका थिए र फेरि डुबे’का थिए ।

उनी मंगलबार बेलुकी स्थानीय समयअनुसार ५ बजे डुबे’को बताइएको छ । उ’द्धारकर्ताहरुले बेलुकी करिब ८ बजेतिर उनको श’व फेला पारेका थिए ।

करिब ४० वर्षका ती नेपाली करिब १८ महिनादेखि अस्ट्रेलियामा बस्दै आएको बताइएको छ । उनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको समाचारमा जनाइएको छ । उनी नेपाली हुन् भन्ने खुलेपछि उनको नाम र थप विवरण खुलाइएको छैन ।

उनी अस्ट्रेलियामा क्यालोन्ड्रामा बस्दै आएको बताइएको छ । कार्यवाहक इन्स्पेक्टर जोन माहोनीका अनुसार ती नेपाली राम्रोसँग पौडिन नजान्ने भएको विश्वास गरिएको छ । त्यहाँ पौडी खेलिरहेका एक व्यक्ति किरोन वाकरका अनुसार पानीको एक किनारातर्फ पानीभित्र चट्टानहरु छन् र ती चट्टानहरु बाहिरबाट देखिँदैनन् ।

ती नेपाली हाम्फाल्दा चट्टानमा ठोक्किएर पौडी खेल्न नसक्ने भएको हुनसक्ने समेत अनुमान गरिएको छ । सनसाइन कोस्टका मेयर मार्क जेमिसनले मृ’तकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार