आ’गाला’गीले न’स्ट भएको जुम्लाको गाँउ

जुम्ला : जुम्लाका तिला गाउँपालिका-७ गोठीगाउँमा २६ घर ज’लेर न’ष्ट भएका छन्। मंगलबार साँझ गोठीगाउँमा आ’गला’गी हुँदा २६ घर ज’लेका हुन्। 

आ’गला’गीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली घ’टनास्थलमा पुगेको थियो। 

प्रहरी र स्थानीयको प्रयासपछि १६ घण्टापछि आ’गो नि’यन्त्रणमा आएको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिए। 

आ’गो गाउँभर फैलिएकाले नि’यन्त्रणमा कठिनाइ भएको उनको भनाइ छ। अ’धिकांश घरका छाना काठ र छाना भित्र घाँस राखेकाले आ’गो चाँडै फैलिएको थियो। आ’गला’गीबाट २६ घर ज’लेर न’ष्ट भएका छन् भने १६७ जना वि’स्थापित भएका छन्।

आ’गला’गीमा ३७ ओटा गाईगोरु, २६ वटा भेडा बाख्र म’रेका छन्। लाखौं रुपैयाँ नगद ज’लेको र अन्य पशुपन्छी म’रेको स्थानीयले जनाएका छन्। 

मंगलबारदेखि लागेको आ’गो बुधबार बिहान ११ बजेमात्र नि’यन्त्रणमा आएको हो। आ’गो भीम रोकायको घरबाट सुरु भएको एक घण्टामा गाउँभर फैलिएको थियो। 

स्थानीय लालबहादुर रोकायका अनुसार एकसाथ आ’गो फैलिएपछि कसैले घरबाट सामान निकाल्न नपाएका हुन्। 

आँखै अगाडि भेडा, बाख्रा, कुखुरा र खरायो ज’लेर मर्दासमेत जो’गाउन नसकेको उनको भनाइ छ। आ&गोले पूरै गाउँ नै सखाप भएपछि स्थानीयको बि’चल्ली भएको छ। भौगोलिक रुपमा विकट क्षेत्र भएकाले राहत पुर्याउनेसमेत कठिन भएको प्रशासनले जनाएको छ। 

प्रविधिक कारणले उडान भर्न नसक्दा बुधबार राहत पुर्याउन नसकिएको जुम्लाका पमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। 

गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार