संगीतको शिक्षा लिएर अगाडि बढ्नेछु -समिक्षा अधिकारी

काठमाडौंमा आफन्तसँग बस्दै आएकी समीक्षा हाल विजय स्मारक स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् । अब उनलाई एसईईको तयारी गर्नुपर्ने छ । सुनाउँछिन्, ‘अब केही समय गीत कम गरेर पढाइमा केन्द्रित हुन्छु ।’

तत्काल पढाइमा बढी समय दिने योजनामा रहेकी समीक्षा त्यसपछि संगीत प्रशिक्षण लिएर अगाडि बढ्ने सोच सुनाउँछिन् ।

‘दर्शक–स्रोताले सुरुदेखि नै माया गरिदिनुभयो । अब गायनमा कसरी राम्रो गर्ने भन्ने सोँच्दै छु’ उनी भन्छिन्,–‘तत्काल पढाइमा बढी केन्द्रित हुनुपर्ने भए पनि त्यसपछि संगीतको शिक्षा लिएर अगाडि बढ्नेछु ।’

कुराकानीको अन्त्यमा समीक्षालाई सोधियो, ‘दिन रात रेकर्डिङमा समय दिनुपर्ने, सञ्चारमाध्यममा कुराकानीका लागि तयार हुनुपर्ने, फ्यानहरुसँग तस्वीर खिचाउनुपर्ने । चिटिक्क भएर हिँडनुपर्ने । साँच्चिकै ‘सेलेब्रेटी लाइफ’ कस्तो हुँदो रहेछ ?’

केही सेकेन्ड सोचिन् र बोलिन् ‘रूचिको क्षेत्र नै यही हो । पहिले धेरै कुरा थाहा थिएन । अहिले धेरै कुराहरु सिक्दै अगाडि बढिरहेकी छु । पहिलेभन्दा आफूमा केही परिवर्तन पनि ल्याएकी छु । धेरैले माया गर्नुभएको छ । भेट हुँदा फोटो खिचौं भन्नुहुन्छ । कोहीले मेरो बाबु नानी तिम्रो ठूलो फ्यान हुन् भन्नुहुन्छ । खुःसी अनि रमाइलो लागिरहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार