कुलेन्द्र विश्वकर्मा को आवाजमा ‘नैजाले माया’ सार्वजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा शिव हमालको अफिसियल युटुव च्यानलबाट नयाँ गीत नौजाले मायाले भर्खर मात्र सार्वजनिक भएको छ ।

शिव हमालको लय तथा शब्द सिर्जना रहेको सो गीतमा कुलेन्द्र विश्वकर्मा र रिना केसीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो समेत निकै दमदार रहेको छ,   गीतलाई मौसम हिमालले निर्देशन गरेका छन् भने रिना थापा,मौसमी राना, युदिप थापा र नवीन दर्लामीले अभिनय गरेका छन् ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार