चर्चित कलाकारहरु गाय’क बिनोद बाजु’राली गायि’का रेखा जोशी’बीच पर्यो ठुलो झ’गडा (भिडियोसहित)

काठमाडौं/ संगीत अर्थात मानव सभ्यतालाई प्रकृतिको अद्वितीय वरदान। नेपाली गीत संगीतको बजार कहिले उचाइमा त कहिले खस्किदो धरातलमा पुगिरहेको बर्तमान सन्दर्भमा नेपाली सांगीतिक क्षेत्रमा अनेक प्रकारका गीतसंगीत बजारमा आईरहेका छन् ।

गित संगीतको विधामा सबैको आ-आफ्नै कार्य र कर्म गरिरहेका हुन्छन । हरेक काममा जो कसैको साधना हुन्छ साधना गर्छन साथै परिश्रम र लगनशील हुन्छन तिनी व्यक्तिले आकाश चुमेका घटना प्रतक्ष्य आखा अगाडी छन् !

गित संगीत भने पछी हुरुक्क हुने यसै मध्येका एक कलाकार हुन् बिनोद बाजुरेली । बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा लागेका बाजुरेली गित संगीतका हरेक विधामा पोख्त रहेका छन् । पेशाले संगीत संयोजक भएता पनि बाजुरेली एक अब्बल सर्जक तथा गायक पनि हुन् । एउटा अब्बल संगीतकारको रुपमा पनि बाजुरेलिलाई लिन सकिन्छ ।

पछिल्लो समय गित संगीत मौलिक भन्दा पनि व्यवसायिक रुपमा अगाडी बढेका छन् । रहनसहन रिरिवाज भाषा भाषीलाई बिगारेर नया प्रचलन भन्दै गित बजारमा निकै नै आईरहेका छन् ।

यसै सन्दर्भमा बिनोद बाजुरेलिको आफ्नो जन्म दिनको जन्म उत्सवको दिन पारेर ठट्यौली डेउडा गित“नबाड्याकि ठ्यौकी”बोलको गित सार्वजनिक गरेका छन् । बिनोद बाजुरेली र लोकप्रिय गायिका रेखा जोशीको स्वर रहेको गीतमा शब्द संगीत तथा संगीत संयोजन पनि स्वयंम आफैले गरेका छन् ।

भिम थापाले निर्देशन गरेको म्युजिक भिडियोमा लोकप्रिय मोडल चक्र बम र करिश्मा ढकालको अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको म्युजिक भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका छन् ।

बिगतका गित झैँ यो गितले पनि चर्चा पाओस हाम्रो तर्फबाट शुभकामना सहित पुरा भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार