सुदुरपश्चिमका अहिलेका हिट कलाकारहरु एकैसाथ इन्द्रेणीमा, सबैले मच्चाए धमाका (भिडियो)

कर्णालीमा जन्मेका कृष्ण कंडेल, कलाबाटै समाजसेवा कर्णालीका पुर्व सैनिक, जो राजधानीमा तहल्का मच्चाइरहेका छन् । हजारौं पीडित व्यक्तिलाई कला र गलाको माध्यमबाट राहत संकलन गरी घाउमा मल्हम लगाइरहेका ती व्यक्तिको नाम हो कृष्ण कंडेल । पेशाले सुरुमा सैनिक जीवन सुरु गरेका कंडेल अहिले देश विदेशमा चर्चाको शिखर चुमिरहेका छन भन्दा अत्युक्ति नहोला । २०२९ सालमा सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ८ लाटीकाँडामा जन्मेका कंडेलको अहिले कर्मभूमि संघीय राजधानीमा बस्दै आइरहेका छन् ।

सामाजिक अभियन्ता तथा लोककलाकर्मी कंडेल पुर्व नेपाली सेना हाल इन्दे्रणी समाजका संस्थापक अध्यक्ष र इन्दे्रणी समाज काठमाण्डौका संस्थापक व्यक्तित्वका रुपमा स्थापित भइसकेका छन् । तीन भाई र चार दिदी बहिनी मध्ये कृष्ण माईला हुन । बाल्यकाल देखि नै लोक संस्कृति प्रति रुची राख्ने कृष्णले कक्षा ५ देखि नै कविता र गीतबाटै विद्यालयका कार्यक्रम तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्थे ।

रेडक्रस र स्काउटका तालिमहरु समेत कृष्णले गीत, गजल र कविताबाट सञ्चालन गर्दा सबै अचम्मित हुने गरेको उनको भनाई छ । स्थानीय नेरा मावि वावियाचौरमा एसएलसी सम्मको अध्ययनपछि आरआर क्याम्पस काठमाण्डौंमा अध्ययन गर्दैगर्दा २०४८ मा नेपाली सेनामा भर्ना भएका कडेंलले उच्च शिक्षा भने हासिल गर्न सकेनन ।

नेपाली सेनामा भर्ना भए लगत्तै रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका कडेंलले १६ वर्ष नेपाली सेनामा बिताएका थिए । सेवा निवृत भए लगत्तै माउन्टेन टेलिभिजनमा आबद्ध भएका कडेंलले सप्तर¨ी इन्दे्रणी मार्फत नेपालको लोक संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नमा योगदान पु¥याउनुको साथै सयौ दिन दुखीहरुका लागि उपचार खर्च जुटाउने जस्ता कार्यक्रम सञ्चालन समेत गरे ।

छ वर्ष अघि एविसी टेलिभिजनमा छिरेका कडेंलले इन्दे्रणी समाज गठन गरी इन्दे्रणी कार्यक्रम मार्फत नेपालको लोककला संस्कृति, सम्पदाको संरक्षण सम्बद्र्धन गर्ने मात्र नभै ओझेलमा परेका पर्यटकीय स्थल, भाषाको संरक्षण सम्बद्र्धनमा समेत अमुल्य योगदान पु¥याउदै आएका छन् ।

सिन्धुपलाञ्चोकको जुरेमाङखाका बाढीपीडित, ०७२ को महाभुकम्प पीडित, सुर्खेत र बर्दियाका बाढी पीडितहरुका लागि इन्दे्रणी कार्यक्रम मार्फत राहत रकम जुटाउन कडेंलले अतुलनीय योगदान गरे । यति मात्र होइन कडेंलले इन्दे्रणी कार्यक्रम मार्फत मृगौला फेल भएका, दृष्टिविहीन, प्यारालाईसिस, दुर्घटनामा परी उपचार गराउन नसकेका, अपागता र गरिबीका कारण घरबास नभएकालाई घरवास व्यवस्थापन, क्यान्सर पी,डित, अनाथ बालबालिकाहरुको व्यवस्थापन, गम्भीर प्रकृतिका रोगीको उपचार, साउदीअरबमा आजीवन कारावास सुनाईएका कैदीहरुको उद्दारका लागि समेत आवश्यक रकम जुटाउन उल्लेखनीय पहल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार