ज्ञानेन्द्र शाहीकै अगाडी भयानक ट्रक दुर्घटना, २ जनालाइ गाडी भित्रै बाट थुतेर यसरि बचाए (भिडियो)

सुर्खेत । नेपालगञ्जबाट सुर्खेन जाँदै गरेको एउटा ट्रक आज दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा मानविय क्षति भने हुन सकेन । तर सामानको लोड धेरै भएको हुनाले ट्रक दुर्घटना भएको कुरा त्याहाँ उपस्थित देख्नेले बताएका छन् । सोही क्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही लगाएको टीम सुर्खेतबाट नेपालगञ्ज तर्फ आउँदै गर्दा बाटोमा भएको उक्त दुर्घटनामा परेकालाई उनीहरुले सकुशल उद्धार गरेका छन् ।

अभियन्ता ज्ञानेन्द्र शाहीको भनाई अनुसार घुमाउरो बाटोले गर्दा गाडीको चक्का मात्रै घुमिरेहको आफुहरले परैबाट देखेको हुनाले गाडी नै पल्टिएको भनेर ठ्याक्कै ठम्याउन नसकेतापनि नजिकै जाँदा भने सामान लोड गर्ने ट्रक नै दुर्घटना भएको रहेछ । सामानको लोड धेरै भएको हुनाले घुमाउरो बाटोमा ट्रकले धान्न नसकेको हुनाले दुर्घटना भएको शाही बताउँछन् । उनले गाडीबाट बाहिर निस्कन नसकेको एक जना बृद्ध मानिसलाई भने पल्टिएकै गाडीमाथि चढेर बचाएका छन् ।

यो विषयमा शाही भन्छन्,‘हामी एक मिनेट ढिला आएको भए सायद उहाँ गाडी भित्र नै आगलागी भएर मर्नु हुन्थ्यो होला । किनभने गाडीबाट तेल चुहिएर पुत्ताउन शुरु भईसकेको थियो । र उहाँ गाडी भित्र नै अलमलि रहनु भएको थियो । उहाँले बाहीर आउने मेसो पाई रहनु भएको थिएन ।’ उनी अगाडी भन्छन्,‘धन्न समयमै हामी आई पुगेको हुनाले उहाँलाई सकुशल गाडीबाट बाहीर निकाल्न हामी सबै सफल भयौं ।’ उक्त दुत्र्रटनामा परेर पनि सकुशल उद्धार भएका ती दुई जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बुझिएको छ । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार