ब’र्डफ्’लु देखिएपछि उपत्यकामा कुखुराको मासुको मूल्य व्हात्तै घ’ट्यो

काठमाडौं, १९ माघ । उपत्यकामा ब र्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा शनिवार बर्डफ् लु सं क्रमण भएको पुष्टि भएको थियो ।

बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो । शनिवार तारकेश्वरमा बर्डफ्लुको सं क्रमण देखिएसँगै कुखुराको मासुको मूल्य घट्दै प्रतिकिलो ३ सय ५० रुपैयाँमा झरेको बताइएको छ ।

मासु व्यवसायी संघले भने मासुको मूल्य घट्नुमा बर्डफ् लुमात्रै कारण नभएको दाबी गरेको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले अहिलेसम्म कुखुरामा सं क्रमण नदेखिएकाले उपभोक्ता हरूलाई न आत्तिन आग्रह गरेका छन् । यो रोग मानिसँग सम्बद्ध नभई पक्षीजन्य रोग भएकाले आ त्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए ।

मासुको मूल्य घटेसँगै कुखुरापालक किसानहरू त्र स्त भएका छन् । को रोना म हामारीका कारण लामो समयसम्म थला परेको पोल्ट्री व्यवसायले लय समातिरहेका बेला बर्डफ् लु भित्रिनु किसानका लागि थप चि न्ताको विषय बनेको सरोकार वालाहरूले बताएका छन् । कुखुरामा सं क्रमण पुष्टि भइनसेकाले किसानहरूलाई ह तास नहुन पोल्ट्री व्यवसायी महासंघले आग्रह गरेको छ । यो खबर आजको आर्थिक अभियनमा छापिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार