भारतीय चर्चित कमेडियन कपिल शर्मालाई पुत्र लाभ

इटहरी /भारतीय चर्चित कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी चथरतले दोस्रो सन्तान पाएका छन् । पत्नी चथरतले आज बिहानै छोरा जन्माएकी छन्। सोमबार बिहान कपिल शर्माले ट्वीट गर्दै आफ्नो दोस्रो बच्चा भएको जानकारी दिएका छन् ।

‘नमस्कार आज बिहान हामी छोरा बात धन्य भएका छौं, भगवानको कृपाले बच्चा र आमा दुवै ठीक छन् , सबैको माया ,आशीर्वाद र प्राथना का लागि धन्यवाद । लाभ यु अल गिन्नी एन्ड कपिल, उनले ट्वीटरमा लेखेका छन् ।

गत हप्ता नै उनले ट्वीटर मार्फत आफ्नो परिवारमा नयाँ सदस्य थपिन लागेको जानकारी खुलाएका थिए । त्यसकारण उनको ‘द कपिल शर्मा शो’ पनि केही समयको लागि रोक्ने घोषणा गरेका थिए। उनले एक फ्यानको प्रश्नलाई जवाफ फर्काउदै नयाँ बच्चाको स्वागत गर्न श्रीमती गिन्निसँग घरमा बस्न जरुरी भएको बताएका थिए।

उनलाई दोस्रो पटक पिता बनेकाले धेरैले बधाई दिएका छन् । यस अघि पनि पत्नी गिन्नी २०१९ मा छोरीलाई जन्म दिएकी थिइन् । उनकी छोरीको नाम अनायरा हो ।केही समय पहिले आफू बाबु बन्न लागेकाले केहि समयका लागि शोबाट ब्रेक लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार