‘ओहो माल’ भाइरल हुनकै लागि गायिका प्रिती आलेको नयाँ गीत !

काठमाडौँ, भाइरल गित निकाल्ने होड बाजीमा प्रिती आलेले पनि फेरि एकपटक ओहो माल नामक विवादित शीर्षकमा नयाँ गीत सार्वजनिक गरेकी छिन् । गीतमा प्रितीले आफ्नी मितिनी प्रिती घर्तीलाई फिचर गराएकी छिन् ।

विज्ञान चकलेटको शब्द रहेको गीतलाई ईरोज लामाले एरेन्ज गरेका छन् । भिडियोलाई बलकुमार मगरले खिचेका हुन् भने सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

उनको भनाइ छ, मानिसहरु राम्रो भन्दा नराम्रो कुराप्रति बढी आकर्षित हुन्छन् । ओहो माल भन्ने शीर्षक मैले कन्ट्रोभर्सीकै लागि राखेकी हुँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार