प्रमोद खरेलका डुप्लिकेट, जस्ले दुरुस्तै आवाजमा गीत गाउँछन्, ७०० भन्दा बढी गीत छन् कण्ठ (भिडियो)

कलाकारहरुका यस्ता पनि फ्यान हुन्छन् जसले हद पार गरिदिन्छन् । त्यस्तै गायक प्रमोद खरेलका पनि एक जना यस्ता फ्यान छन् जसले अन्य कलाकारहरुका लागि डाह लाग्न सक्छ । उनको यति राम्रो श्वर छ की प्रमोदकै जस्तो लाग्छ ।

उनी प्रमोदका गीत गाउन मन पराउँछन् । निकै राम्रो श्वर भएपनि उनी गायक बन्ने प्रतिस्पर्धाहरुमा सहभागी हुन गएनन् । उनको जिवनको एउटै मात्र लक्ष्य छ प्रमोद खरेललाई भेट्ने । उनले प्रमोद खरेलको ७ सय गीत गाइसकेका छन् । प्रमोदको गीत सार्वजनिक हुनासाथ उनी त्यसको प्राक्टिसमा लाग्छन् ।

उनी सानै उमेर देखि नै प्रमोदको गीत सुन्दै हुर्किएको बताउँछन् । मैले १५ वर्षको उमेर देखि नै प्रमोद खरेलको गीत सुन्दै आएको बताउँछन् । उनी अहिले काठमाडौ आइपुगेका छन् । उनी प्रमोद खरेललाई भेट्नकै लागि काठमाडौ आएको बताउँछन् ।

तर अहिले सम्म उनले प्रमोद खरेललाई भेट्ने मौका भने पाएका छैनन् । उनी आफ्नो मोवाइलमा प्रमोदकै गीत मात्र राखेका छन् । नेपाल आइडलमा प्रमोद खरेल कोच नभएका कारण उनी त्यता प्रतिस्पर्धाका लागि गएनन् ।

प्रमोद खरेर जज रहेको प्रतिस्पर्धात्मक कार्यक्रममा जाने योजना भने बनाएका छन् । अछाम मंगलसेनका नरेन्द्र खत्री त्यस्ता फ्यान हुन् जसले प्रमोदलाई पछ्याउँदै आएका छन् । उनी केही वर्ष देखि भारतमा बस्दै आएका थिए । भारतमा पनि उनी गीत नै गाउँथे ।

अछामको गाउँमा हुँदा पनि उनले प्रमोदकै गीत गाउने गरेको बताउँछन् । उनी अन्य गायक र कलाकारहरुको क्यारीकेचर पनि गर्छन । खासगरी गायक रामकृष्ण ढकालको क्यारीकेचर राम्रो गर्छन । भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार