डोल्पाकी सुन्दरी टसी डोल्मै बसेर बोल्छिन् यत्ति मिठो तिबत्तियन भाषा, अस्पातल नपाएर आमा गुमाउँदाको कुरा गर्दागर्दै रोईन् (भिडियोसहित)

डोल्पा । ‘म सानैदेखि परिवारबाट टाढै बसरेर हुर्किएको हँ । त्यसैले मेरो बुझाईमा जीवन भनेको पढेर भन्दा भोगेर बुझिने कुरा हो । सानोमा जस्लाई पनि आमा बाबा भन्थें । ठूलो भएपछि मात्र थाहा पाएँ मेरो आमा बाबा त अर्कै हुनु हुँदोरहेछ । जब मलाई अर्कैले पालेको कुरा थाहा पाउने भएँ तब नमज्जा त लाग्यो नै तर फेरी सम्झिएँ मेरो आमा बाबाले जे गर्नु भयो सायद त्यो मेरोलागी राम्रै गर्नु भयो ।’ यो भनाई हो डोल्पाकी टसी गुरुङ्गको । टसी सानैबाट अर्काको घरमा बसेर पनि प्लस टूसम्मको पढाई पुरा गरेकी छन् ।

सुन्दरतामा निकै नै राम्री टसीको बोल्ने शैली पनि निकै नै मिठो छ । उनले नेपाली भएर पनि टिब्बेतियन भाषा प्रष्ट रुपमा बोल्न जानेकी छन् । उनको भनाईमा मेहेनत गर्न कहिल्यै पनि पछि पर्नु हुन्न । अर्काकै घरमा काम गरेर भएपनि मेहनत गरेकै हुनाले आफु यो स्थानसम्म आई पुगेको उनी बताउँछिन् । टसीलाई टिब्बेतियन भाषा प्रष्टसंग बोल्न आउँछ । उनले डोल्पादेखि टिब्बेत नजिक भएको हुनाले आफुलाई टिब्बेतियन भाषा बोल्न आएको हो ।

उनको गाउँमा आउने टिब्बेतियनहरुले उनलाई चाँनिज भन्ने गरेको कुरा पनि टसीले हाँस्दै सुनाईन् । आफ्ना कुरा गर्दागर्दै टसीले डोल्पामा अस्पताल नभएको हुनाले आमाले सामान्य उपचार पनि नपाएर ज्यान गुमाएको कुरा गरिरहंदा उनी रोईन् । उनले डोल्पामा विकास नभएको कुरा पनि गरिन् । आमालाई बचाउन नसकेतापनि अब बाबाकोलागी केही गर्ने इच्छा भएको टसी बताउँछिन् । उनले अहिले प्लस टूको नतिजा पर्खिएर बसेकी छन् । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार