आमाको किरिया बसेका कृयापुत्रीलाई भुतले लग्यो भन्दै गाउलेहरु मिडियामा(भिडियो)

अर्घाखाँची । हाम्रो समाजमा धेरै अनौठो घटनाहरु घटि रहेका हुन्छन् । यस्ता घटनाहरु अपत्यारीला हुन्छन् । त्यस्तै पत्याउनै नसकिने एउटा अर्को घटना घटेको छ अर्घाखाँचीमा । यम बहादुर जो आफ्नी आमाको १२ दिनको किरियामा थिए । १२ औं दिन साँझ उनलाई पिसाब लागेर एकजना कुरुवाको साथमा उनी घरदेखि केही पर जान्छन् । तर उनी फर्किएर फेरी घरमा आउँदैनन् । उनीसंगै गएका ती साथी मामा पनि उनी पिसाब फेर्न बसेको ठाउँबाट गाएब भएको कुरा थाहा पाएर अचम्मित छन् ।

आखिर किन यम बहादुर किरिया बसेकै समय पिसाब फेर्न गएको बेला गाएब भए त ? भन्ने प्रश्न सबैको मनमा उब्जियो । उनी गाएब हुने बित्तिकै उनको खोजी कार्य जारी भयो । तर उनलाई पुरै २ दिनसम्म कसैले भेटाउन सकेन । पुरै गाउँ नै उनको खोजीमा खट्यो तर पनि उनलाई २ दिनसम्म भेटाउन सकेनन् गाउँलेहरुले । अन्तत हराएको भोली पल्ट एक जना छिमेकी यम बहादुरको घर नजिकैको बाटो भएर आई रहेका थिए । बाटोमा पर्ने आडारबाट सेतो केही कपडा जस्तो हावाले हल्लाएको देखे ।

त्यो सेतो कपडा हल्लाएको देख्ने त्यही गाउँका स्थानिय पशुपति सिंजाली थिए । उनी त्यही बाटो हुँदै आई रहेको बेला सेतो कपडाको टालो हावाले हल्लाएको जस्तो देखेपछि उनले एकछिन् उभ्भिएर हेरेछन् । त्यो सेतो कपडा हल्लीएको ठाउँ त्यही गाउँको निकै नै डरलाग्दो ओडार थियो । पशुपति के होला त्यो सेतो कपडाको टालो भन्दै आफैमा प्रश्न गर्दै हेरिरहेको बेला यम बहादुरले खोकेको सुनेछन् । त्यसपछि यम बहादुर त्याहाँबाट किरिया बसेकै भेषमा निस्कंदा पशुपति डराएछन् । तर जब यम बहादुरलाई भूतले त्यो ओडारमा लगेको कुरा उनले यम बहादुरकै मुखबाट थाहा पाए तब उनी अचम्मित भए । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार