‘धुर्मुस सुन्तलीको भन्दा कम छैन मेरो पीडा’ : स्वेता खड्का

नायिका स्वेता खड्का सामाजिक काममा पनि उत्तिकै सकृय छन् । उनले सिन्धुपाल्चोकमा माझी समुदायका लागि सामुहिक बस्ती निर्माण गरिरहेकी छन् । तर सो वस्ती निर्माणको काम अझै सकिएको छैन । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफुलाई माझी बस्ती बनाउन आर्थिक सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले धोका दिएको बताएकी छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमवुद्ध क्रिकेट रंगशालाको जस्तै अवस्था सिन्धुपाल्चोकको माझी बस्तीको भएको उनको भनाइ रहेको छ। उनले सहयोग गर्छु भन्नेले सहयोग नगरेपछि बस्तीको निर्माण कार्य अलपत्र परेको गुनासो गरेकी हुन्।

उनले लेखेकी छन् ‘धुर्मुस सुन्तली फाउण्डेशनु को झै हाम्रो पिंडा पनि उहि हो । निर्माणाधिन माझी बस्तीले पनि रिण बोकेर नै बसेकोछ । स्थानिय सरकार , सरोकारवाला निकाय तथा बिभिन्न दक्ताहरुलाई माझी बस्तिसंग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याए सम्मको सहयोग गर्नु भयो ।

तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन । हामिले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वस्तस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान (धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो । हामिले त सहयोगको अपिलसम्म गर्ने हो ,बलजफती गर्ने होईन ।

तथापी , आफ्नो प्रतिवद्दता र कटिवद्दतालाई भुलेर गरिवहरुको आशा र भरोशा माथी खेलवाड गर्नु भने पक्कै राम्रो होईन । पुरा गर्न नसक्ने(बाचा, पुर्ती गर्न नसक्ने (आस्वासन र दिन नसक्ने (सहयोगको कुनै अर्थ छैन । अत स् आफुलाई समाज सेवी को रुपमा चिनाउन कोही कसैको भरोशा माथी खेलवाड नगरौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार