इन्द्रेणीमै राख्ने भए मुस्लिम गायक अलिफ खानलाइ कृष्ण कंडेलले,अलिफ खुसीले गदगद (भिडियोसहित)

काठमाण्डौ । गीतसंगीतमा आफ्नो भविष्य खोज्दै हिंडेका अलिफ खानको यतिबेला भाग्य चम्किएको छ । वर्षौंपछि उनको गीत रेकर्ड भएर उनको सपना त पुरा भएको छ नै साथै उनले तीन करोड नेपालीको मानमा बस्न सफल कार्यक्रम इन्द्रेणीमा पनि काम गर्ने भएका छन् ।

आलिफलाई ईन्द्रेणीमा कृष्ण कंडेलले आफुसंगै राखेर काम गराउने भएका छन् । ढुंगा खोज्दा इश्वर भेटिएको महसुस गरेका अलिफकोलागी योभन्दा ठूलो खुशीको कुरा अरु के नै हुन सक्छ र ?

ईन्द्रेणमा जाने र गीत गाउने सपना सबै कलाकारको हुन्छ । अलिफको पनि थियो । आज त्यही सपना वर्षौंपछि पुरा भईदिंदा उनी भन्छन्,‘सपना त देखेको थिएँ याहाँ आउने । चाहाना पनि अत्ति नै थियो यहाँ आएर कृष्ण दाईको छेउमै बसेर गीत गाउने ।

त्यो मेरो सपना र चाहाना दुवै नै केवल म भित्र नै सिमित हुन्छ जस्तो लागेको थियो । तर आज त्यो पुरा भईदिंदा मैले विश्वास नै गर्न सकिरहेको छैन ।’ उनी अगाडी भन्छन्,‘यो ठाउँमा आउन पाउनु र त्यसमाथि पनि कृष्ण दाईसंग गीत गाउन पाउनु मेरोलागी भाग्यको कुरा हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार