नेकपा प्रचण्ड-नेपाल समूहले निकाल्यो म’साल जु’लुस

बनेपा :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बुधबार साँझ काभ्रेको बनेपामा मसाल जुलुस निकालेको छ । 

आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपाम मसाल जुलुस निकालिएको हो । मसाल जुलुसमा नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोकबाहदुर वाइवा, बागमती प्रदेश सांसद लक्ष्यमण लम्साल, विद्यार्थी नेता दिपक गौतम, युवा संघ केन्द्रीय सदस्य भेषराज शाह लगायतको उपस्थिति थियो । 

नेता र कार्यकर्ताको उपस्थितिमा बनेपाको चादनिचोकबाट चार दोबाटोसम्म मसाल निकालिएको थियो । 

मसाल जुलुसमा भोलि माघ २२ गते आमहडताल नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद लगायत नाराबाजी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार