अञ्जु, मनोजको विबाहको चर्चा चलेका बेला गायिका आस्था राउतको पनि लगन जुर्यो

काठमाडौ । पछिल्ला दिनमा कलाकारहरुले धमाधम विबाह गरिरहेका छन् । नायिका ऋचा शर्मा, आचल शर्मा लगायतका कलाकारहरुले विबाहको वर्षगाँठ मनाए । चर्चित नायिका श्वेता खड्काले प्रेमी विजयेन्द्र सिंह राउतसँग विबाह गरेर अहिलेसम्म पार्टी दिइरहेकी छिन् ।

अन्य चर्चित कलाकारहरु पनि विबाहको तयारीमा रहेका बेला अञ्जु, मनोजको विबाहको चर्चा चलेका बेला अभिनेता मनोज गजुरेलले विबाहको अन्तिम तयारी भइरहेको बताएका छन् ।

त्यस्तै गायिका अञ्जु पन्तले पनि प्रेमीसँग विबाहको तयारी गरेका खबरहरु सार्वजनिक भइरहेका बेला अर्की लोकप्रिय गायिका आस्था राउतको पनि लगन जुरेको स्रोतको दाबी छ । ‘सालको पात टपरी’ को रिमिक्स भर्सन गाएर डेब्यु गरेकी उनले अब करियरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्। उनी पछिल्लो पुस्ताकी चर्चित गायीका हुन् । स्पष्ट बोल्ने उनको स्वभावले कहिले काँही उनलाई विवादित बनाएको छ ।

सांगितिक क्षेत्रमा राम्रो स्थान बनाएकी आस्थाले अब आफ्नो विवाहको योजना बनाएको स्वीकार गरेकी छन् । उनले भनिन्, करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ ।

त्यसैले अब बिहे गर्ने सोच आइरहेको छ। उनको रोजाई को हो भन्ने प्रश्नमा उनले, म र मेरो म्युजिक क्षेत्रलाई बुझ्ने इमान्दार र विश्वाससिलो मान्छेसँग बिहे गर्ने सोच बनाइरहेकी छु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार