काठमाडौं, २२ माघ । काठमाडौंको गोंगबुमा अ’ज्ञात समूहले ट्याक्सीमा आ’गज’नी गरेका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आ’गज’नी गरेको हो ।
सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए । उक्त ट्याक्सीमा पूर्ण रूपमा क्ष’ति पुगेको छ । प्रहरीले ट्याक्सीमा लागेको आ’गो नि’यन्त्रणमा लिइसकेको छ ।
सरकारले संविधानलाई बे’वास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।