चियानास्ता पसल खोलेको भन्दै समोसा पकाउने तातो तेल खन्याइदिँदा आमा सहित छ महिनाकी सुत्केरी छोरी घाइते

विराटनगर-आमहड्तालका क्रममा राटनगरमा चियानास्ता पसलमा काम गरिरहेका माथि तेल खन्यायाउदा आमा छोरी घाइ ते भएका छन् ।

हड्तालका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल ख न्याइ दिए पछि आमा छोरी नै घाइ ते भएका हुन् ।

समोसा  पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी घा इते भएका हुन् ।उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चो ट लागेको छ। घा इतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन्।

कुटपिटबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। पसलमा बनिसकेका खानेकुरा फ्यालि दिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँक्ने र कु च्याउने काम गरिदिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार