माझि बस्तीका बासिन्दाको आक्रोश : “श्वेता हाम्रो टाउकोमा ४ लाखको ऋण बोकाएपछि तिमीले हात झिक्ने ?”

श्वेता श्री फाउन्डेसनमार्फत बनाइएको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित इन्द्रावती नदी किनारामा रहेको माझी बस्तीको बारेमा विभिन्न टीकाटिप्पणी आइरहेको बेला त्यहाँको अवस्था कस्तो छ भनेर हामी स्थलगत रिपोर्टिङमा पुगेका छौँ ।

केही समय अगाडी अभिनेत्री श्वेता खड्काले सामाजिक सञ्जाल मा स्ट्याटस लेख्दै माझी बस्तीको लागि आर्थिक सहयोग गरेका व्यक्तिहरूले कबुल गरे जति रकम नदिएको भन्दै गुनासो पोखेकी थिइन् । तर हामी त्यहाँ पुग्दा भने अर्कै पीडा देखियो ।

नेपाल सरकारले उपलब्ध गराएको ३ लाख र लक्ष्मी बैङ्कमा घरजग्गा धितो राखेर निकालेको ४ लाख गरी प्रतिपरिवारले ७ लाख रुपैंयाको लागतमा उक्त घर निर्माण गरेको पाइयो ।

बिहान बेलुका छाक टार्न मुस्किल पर्ने माझी बस्तीका बासिन्दाहरूले बैङ्कको ऋण तिर्नको लागि मासिक ७ हजार रुपैंया किस्ता तिर्नुपर्ने रहेछ । श्वेता खड्काले बनाएको भनिए तापनि उक्त माझी बस्तीका व्यक्तिहरू श्वेताले बनाएको स्विकार्दैनन् ।

पहिला श्वेताले नै पैसा दिने भनेर घर बनाएको तर अहिले आएर बैङ्कको ऋणले उनीहरू निकै तनाव रहेका छन् ।

कस्तो छ त माझी बस्ती त्यहाँका दुःख पीडा अनि स्थानीयहरूको आक्रोश हेर्नुहोस् भिडियोमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार